रसुवामा ‘बोन्पो संग्रहालय बनाउने तयारीमा छौ – ङावाङ फेन्जो तामाङ
धुन्चे – हिमाली जिल्ला रसुवामा प्राकृतिक सौन्दर्य र विविधताका कारण आदिम कालदेखि विभिन्न धार्मिक आस्था र विश्वासको विभिन्न पवित्र धार्मिक स्थलहरु रहेका छन् । आर्थिक बर्ष २०७८/७७ मा विनियोजित बजेट निश्चित भएपछी बोन्पो संग्रालय बन्ने भएको छ ।
रसुवामा तामाङ समुदायको आकडा हेर्ने हो भने करीव एक हजार भन्दा माथि आबद्ध रहेको जिल्ताङ छ्योमि झाँक्रि समाजका सचिव ङावाङ फेन्जो तामाङ बताउँछन् । अहिले जिल्लामा रहेका बोम्बो समाजलाई प्रत्येक गाउँपालिका हुँदै वडा तह सम्म कार्यसमिति विस्तार गरेका छन् । केही वडामा विस्तारको तयारी भइरहेको सचिब तामाङले बताए ।
हामी अहिले रसुवा जिल्लामा ‘बोम्बो संग्रहालय’ बनाउन जुटेका छौ । ‘स्थानीय निकायले आगामि आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने निश्चित भएको छ ।
यसकारण हामी नेपाल तामाङ बोम्बो संरक्षण समाजको नामबाट नै यो संग्रहालय निर्माण गर्न लागेको उनले भने । करीव ५७ लाख लगानीमा संग्रहालय बनाउने जनाएको छ । संग्रालय निर्माण भएको दुई वर्षमा सकिने उनले बताए ।
‘रसुवा जिल्लामा भएका आम तामाङ बोम्बोहरु नेपाल तामाङ बोम्बो संरक्षण समाज केन्द्रीय समितिको जिल्ला शाखाको रुपमा काम गर्न चाहान्छौं,’ उनले भने,‘हामी साँच्चिकै तामाङ बोम्बोहरुको मौलिक पहिचान, मौलिक संस्कृति सेराप, फारापको विषयमा वस्तुगत अध्ययन सँगै प्रबर्द्धन गर्न चाहान्छौं ।’
बोन्पोहरुका लागि गोसाइकुण्ड पवित्र तिर्थस्थल मानिन्छ । जसको कारण यहाँ हरेक वर्ष हजारौ बोम्बोहरु जनैपूर्णिमाको दिन दर्शन र आर्शिवादका लागि लस्कर लाग्छन् । #याम्बु_टाइम्स






