भारतीय क्रिकेट टीमका २ जनाले दिए राजीनामा

तामसालिङ खबर
२६ असार २०७६, बिहीबार १७:५९

एजेन्सी – आईसीसी विश्व कप २०१९ को सेमीफाइनलमा पराजित भएपछि भारतीय क्रिकेट टीममा २ जनाले राजीनामा दिएका छन् । भारतीय क्रिकेट टीमका दुई जना सहयोगीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

टीम इण्डियाका फीजियो प्याट्रिक फरहार्ट र टीमका फिटनेस कोच शंकर बसुले राजीनामा दिएका छन् । प्याट्रिक फरहार्टको सम्झौता विश्व कप सम्मका लागि थियो ।

इण्डियन एक्सप्रेसका अनुसार बीसीसीआईले यी दुवै जनासँग नयाँ कन्ट्रयाक गरेको थियो। तर यी दुवैले यो सम्झौतालाई अगाडि बढाउन चाहेनन् । फीजियो प्याट्रिक फरहार्टले ट्विट गर्दै सोचे अनुसारको प्रदर्शन नभएको भन्दै असन्तुष्टि पोखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*