फाखेल-सिस्नेरी सडक खण्ड अवरुद्ध
काठमाण्डौ – तिन दिन देखि लगातार परेको वर्षाको कारण हेटौँडाबाट काठमाण्डौँको लागि छोटो दुरीको सडकको रुपमा रहेको हेटौँडा सिस्नेरी काठमाण्डौ सडकखण्ड र हेटौँडा फाखेल काठमाण्डौँ सडक पुर्ण रुपमा बन्द भएको छ ।
इन्द्रसरोबर गाउँपालिका वडा वडा नम्बर २ को सडक क्षेत्रमा पहिरो जाँदा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । निरन्तर वर्षात भैरहेको कारण पहिरो हटाउन समस्या भएको प्रहरीको भनाई रहेको छ ।






