थाहानगरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, पहिरोमा परि कैलाशको पाख्रीन बेपत्ता
हेटौंडा(थाहानगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा खोलाले बगाउँदा घाईते भएकी १२ वर्षीय बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
थाहानगरपालिका वडा नम्बर ३ मा रहेको दम्कि खोलाले उनलाई चार सय मिटर तल पुराएपछि स्थानीयले उद्धार गरि अस्पताल पुर्याउदा उनको अस्पतालमा ज्यान गएको पत्रकार ध्रुबराज ढकालले बताए ।
विद्यालयबाट घर फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामाीलाई दम्कि खोलाले बगाएको थियो ।
त्यस्तै, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ कालिखोलामा आएको पहिरोमा परी स्थानीय तारामाया पाख्रीन बेपत्ता भएको वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभएको छ ।






