मन्त्रीमण्डल हेरफेर गर्ने तयारी

तामसालिङ खबर
२९ असार २०७६, आईतवार २१:३५

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् ।

मन्त्रिहरुको समिक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् । कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ ।

आर्थिक वर्षको अन्त कुरेर बसेका ओलीले साउन लाग्ने वित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको बताए । मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ ।

ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । ओलीको सल्लाकारमध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*