प्रदेशमा समायोजन हुने प्रहरीको बढुवा नहुने
काठमाडौं – प्रदेशमा समायोजन हुने प्रहरीले बढुवा हुन नपाउने भएका छन् । गृह मन्त्रालय सहमत नहुँदा समायोजन हुने प्रहरी बढुवाबाट वञ्चित भएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नेपाल प्रहरीलाई संघ र प्रदेशमा समायोजन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । लामो समयको रस्साकस्सीपछि बढुवा नगर्ने सहमति जुटेको हो ।
अधिकांश सांसदले प्रदेशमा समायोजन हुने प्रहरी निरीक्षक सम्मलाई एक तह बढुवा गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर गृहसचिव प्रेमकुमार राईले आफ्नो अड्डी नछाडेपछि सांसद सहमतिमा आउन बाध्य भएका हुन् ।
प्रहरीलाई बढुवा गर्ने बितिकै निजामती अदालत जान्छन्’, उनले भने, ‘फेरि समायोजन भनेको दुर्गममा जाने होइन प्रोत्साहन दिनलाई । जहाँ छन् त्यहीँ राख्ने हो।’ तर प्रदेशमा समायोजन हुने प्रहरीले अब दुई ग्रेड वृद्धिको तलब पाउने छन् । यो विषय समितिबाट पारित भएको छ । सचिब राइले भने,
यस्तै, प्रदेश प्रहरी र संघीय प्रहरीको पोसाक र दज्र्यानी चिह्नमा पनि फरक नपर्ने भएको छ । ‘मन्त्रालयले यहाँ उठेको विषयलाई समेटेर ड्राफ्ट ल्याएपछि पारित गर्छौँ’, समिति सभापति शशी श्रेष्ठले भनिन् । #अन्नपुर्ण_पोस्टबाट






