नेकपा मकवानपुरको इन्चार्जमा कुमारी मोक्तान चयन
हेटौडा – तिन नम्बर प्रदेशको संसद कुमारी मोक्तान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको इन्चार्जमा चयन भएकी छिन् । नेकपा केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले पूरानो सहमति अनुसारको निर्णय कार्यान्वय गर्ने भएपछि प्रदेश सभाका सदस्य समेत रहेकी मोक्तान इन्चार्जमा चयन भएकी हुन् ।
तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबिच एकिकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लाको हकमा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इन्चार्जमा मोक्तानको काँधमा ईञ्चार्जको जिम्मेवारी आएको हो ।
त्यस्तै सोही निर्ण अनुसार तत्कालिन एमालेका जिल्ला इन्चार्ज प्रतिनिधि सभाको संसद विरोध खतिवडा सह-ईन्चार्ज भएका छन् । मकवानपुर जिल्लामा यसअघि नै तत्कालिन एमालेको तर्फबाट मुनु सिग्देल अध्यक्ष र माओवादीको तर्फबाट प्रेम बहादुर पुलामी सचिव भएका थिए ।






