अस्थाई बेलिब्रिज बनेपछि आवतजावतलाइ सहज
साउन १, सिराहा – केही दिन अघि लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बनाइदिए पश्चात आवागमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा बढीले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानियबासी सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिक्षा, यातायातमा असहज भएको देखि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोईराला बताए ।

पुलको बरियारपट्टी तर्फको कटान हुदा ५ दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानिय श्यामलालराजवंशिले बताए ।
सशस्त्र प्रहरीको लगानीमा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरे संगै पुलमा मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीयलाइ आवत जावतमा सहज भएको छ ।






