पहिरोको कारण अबरुद्ध, वीपी राजमार्गको एकतर्फी खुल्यो
साउन २, काठमाडौं – निरन्तर वर्षात र लेदोमाटो सहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो । डोजरले माटो पन्छाएपछि बिहान पख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बाटो बन्द हुँदा काठमाडौं तर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो । एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।






