विश्वकप छनौट खेलको ड्र सार्वजनिक: नेपाल को–को सँग खेल्दैछ ?
साउन २, काठमाडौं – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्र अन्तर्गत छनौट खेल तालिका सार्वजनिक भएको छ । एसियाका ४० देशलाई विभिन्न आठ समूहमा विभाजन गरेर बिहिबार ड्र सार्वजनिक गरिएको हो ।
सार्वजनिक छनौट खेलको ड्र अनुसार नेपाल समूह ‘बी’मा परेको छ । एसियाली राष्ट्रमा फिफा वरीयताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनौटको दोस्रो चरण खेल्न लागेको हो ।
डबल राउन्ड रोबिनका आधारमा हुने विश्वकप छनौटको दोस्रो राउन्ड होम एन्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिख देखि हुँदैछ ।
आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनौटको अन्तिम चरणमा प्रवेश पाउनेछन् । त्यस्तै, यी नै १२ टिमले सन् २०२३ मा हुने एसियन कप समेत खेल्न पाउनेछन् ।
तालिका हेर्नुहोस:







