भिसिटिएस प्रणाली पुनर्विचार गर्न सरकारलाइ ज्ञापन पत्र

तामसालिङ खबर
२ श्रावण २०७६, बिहीबार १८:०६

साउन २, हेटौडा – नया आर्थिक बर्ष संगै श्रावण १ गतेदेखि लागू गरेको उद्योग/व्यवसाय संग सम्बन्धित विभिन्न आर्थिक नीति कार्यान्वयनको सन्दर्भमा व्यवहारिक कठिनाईहरु देखिएकोले आवश्यक पुनर्विचार तथा सहजिकरणको लागि बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

देशको भौगोलिक अवस्था, सडक सञ्जाल, आर्थिक स्तर, जनशक्ति, प्रविधिमा पहुचलगायत विभिन्न कारणले उक्त नीतिहरु कार्यान्वयनमा असहजता देखिएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको संघका अध्यक्ष कृष्ण कटुवालले बताउनु भयो ।

सघको अध्यक्ष कटुवालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर गएको टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको हो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारी, नारायणी यातायात संघका अध्यक्ष हिरालाल श्रेष्ठ,विभिन्न वस्तुगत संघका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*