अवैधानिक आप्रवासी फर्काउँदै, मलेसिया सरकार

तामसालिङ खबर
२ श्रावण २०७६, बिहीबार १९:२१

साउन २, मलेसिया – मलेसियाको सरकारले अवैधानिक रुपमा बस्दै आएका आप्रवासी नागरिकलाई घर फर्काउने नयाँ अभियान घोषणा गरेको छ ।

मलेसियाका गृहमन्त्री वाइबी तान श्री मुहिदिन मोहम्मद यासिनले अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारहरुलाई ‘ब्याक फर होम गुड’ नामको कार्यक्रम ल्याएर घर फर्काउने तयारी थालेका हुन् ।

मलेसियाको पुत्रजयामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मलेनमा गृहमन्त्री यासिनले उक्त अभियान घोषणा गरेका हुन् । गृहमन्त्री यासिनले आफ्नो देशमा रहेका अवैधानिक कामदारलाई अगस्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म मलेसियन अध्यागमनलाई सात सय रिंगेट बुझाएर जान सक्ने बताएका छन् ।

यसरी स्वदेश फर्किन चाहाने आप्रवासीले मलेसियामा रहेको आफ्नो देशको दूतावास मार्फत यात्रा अनुमति पत्र लिएर त्यहाँ स्थित अध्यागमनमा गएर तोकिएको रकम तिरेर स्वदेश फर्किन सक्ने जारी विज्ञप्तीमा उल्लेख छ । हरेक वर्ष मलेसियाको गृहमन्त्रालयले अवैधानिक आप्रवासी कामदारलाई लक्षित गरि घर फिर्ती कार्यक्रम ल्याउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*