राँगा र भैसीको बध हेटौडाको औद्योगिक क्षेत्रमा

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार ०९:०३

साउन ४, हेटौंडा – हेटौंडामा राँगा र भैसीको बध गर्ने काम अब हेटौंडा औद्योगिक क्षेत्रमा रहेकोे बफेलो क्वालिटी फूडमा गरिने भएको छ । साउन महिनाको दोस्रो हप्ता भित्र हेटौंडामा माछा मासु व्यावसायीहरु राँगा र भैसीको काटमार वध स्थलमा सुरक्षित र सफा तरिकाले गर्नका लागि तयार भएका हुन् ।

पशु वध स्थल व्यावस्थापन समिति हेटौंडा उपमहानगरपालिकाको बैठकमा सहभागि माछामासु व्यावसायीहरुले बफेलो क्वालिटी फूडमा जानका लागि तयार रहेको तर, त्यस अनुसारको सबै सुबिधा पुरा गर्नका लागि आग्रह गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत संरक्षक रहेको समितिको बैठकले साउन ७ गते भित्रमा उद्योग र माछामासु व्यावसाहीको सम्झौताको खाका तयार गरेर पेस गर्ने, तत्काल राँगा र भैसी त्यस उद्योगमा बध गर्ने निर्णय गरिएको छ ।

आम उपभोक्ताहरुलाई स्वच्छ र सफा मासु खुवाउनका लागि सुरक्षित स्थानमा लगेर वध गर्न सुरु गर्ने प्रमख महतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*