कृषिमा आधुनिकीकरणबाट समृद्धि सम्भव हुने : मेयर प्रसाई
सर्लाही – हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले खेती गर्दा प्रबिधि र प्राबिधिकलाई प्रयोग गर्न सकेमात्र उत्पादनमा वृद्धि ल्याउन सकिने र समृद्धि हासिल गर्न सफल हुने बताउनु भएको छ ।
सर्लाहीको पहिलो नमुना विद्यालय महादेव जनता नमुना माध्यामिक विद्यालयमा संचालन हुन लागेको बाली विज्ञान कक्षा उद्घाटन गर्दै उहाले सो कुरा बताउनु भयो ।
तराई कृषिको उर्वरभुमि रहेको र त्यसमा पनि खास गरि हरिवन फलफूल खेती, तरकारी र माछा पालनको लागि उपयुक्त ठाउँ रहेको बताउदै अब त्यस क्षेत्रको उत्पादनको वृद्धिको लागि सिचाइको आबश्यकता रहेको महसुस गर्दै आफुले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग संस्था ADB को सहयोगमा सौर्य उर्जाको लागी DPR गरि पठाईसकेको हुँदा अब चाडैं नै हरिवनमा सिचाइको समस्या अन्त्य हुने र उत्पादनमा वृद्धि हुने आफुले बिश्वास राखेको बताउनुभएको छ ।
जिल्लमै पहिलो बाली बिज्ञानको कक्षा हरिवन नगर अन्तर्गतको विद्यालयमा सुरु हुन गइरहेकोमा आफू खुसी रहेको र कक्षा संचालनमा कुनै समस्या परे त्यसको लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनु भएको छ । आफू यो समाज र देशकै कमजोर नागरिक भएको ठान्न लागेको बताउदै मेयर प्रसाईले अब हरिवन नगरपालिकामा कुनै पनि कृषक साथीहरुमा त्यस्तो महसुस हुन नदिने प्रतिबद्धता गर्नुभएको छ ।
अहिलेको समयको माग अनुसारको समय सान्दर्भिक शिक्षा हरिवनमा आएको बताउदै मेयर प्रसाईले अब यसको अध्ययन र उपयोगिताबाट पनि हरिवनले कृषीको र रोजगारिको क्षेत्रमा ठुलो फड्को मार्न सक्ने बताउनु भएको छ । शिक्षा मानव श्रोत विकास केन्द्रको सहयोगमा बाली विज्ञानको निशुल्क रुपमा ९ कक्षा देखि १२ सम्मको कक्षा सन्चालन हुने भएको छ ।






