न्याय सेवामा ६० जना आदिवासी जनजाति युवाहरुले नाम निकाल्न सफल (नामावली)
साउन ५, काठमाडौं – लोक सेवा आयोगले लिएको नेपाल न्यास सेवाको शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) मा ६० जना आदिवासी जनजाति युवाहरुले नाम निकाल्न सफल भएको छ ।
उनीहरुले न्याय, कानुन र सरकारी वकिल समूहमा नाम निकालेका हुन् । तीमध्ये न्याय सेवामा ४३, कानुन समूहमा १३ र सरकारी वकिल समूहमा चार जनाले नाम निकालेका छन् ।
शाखा अधिकृतमा नाम निकाल्न सफल युवाहरुलाई नेपाल आदिवासी जनजाति महासंघ, महिला महासंघ, जनजाति युवा महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शनिबार काठमाडौंमा कार्यक्रम गरी बधाइ दिएका छन् ।
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/07/Final_aadibasi_List.pdf”]






