निर्माणाधीन कृषि विश्वविद्यालयको भवन नबनाउन उच्च अदालतको अन्तरिम आदेश

तामसालिङ खबर
५ श्रावण २०७६, आईतवार ०७:५४

साउन ५, हेटौडा – कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा उपमहानगरपालिका – १० मा १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो ।

उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थानको जग्गामा जबर्जस्ती भवन निर्माण गर्न लागेकामा त्यसलाई रोक्न क्याम्पस प्रमुख विजय यादवले अदालतमा लिखित मुद्दा दायर गर्नुभएको थियो ।

वन विज्ञान अध्ययन संस्थान हेटौँडाको तर्फबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुर चितवनलाई विपक्षी बनाएर दायर गरिएको रिटमा न्यायधीश ढकालले विवादित जग्गाको रुख काट्ने तथा सो जग्गामा कुनै पनि संरचना निर्माण गर्ने जस्ता काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*