विप्लबको बिश्वासपात्र जनगायक माइला लामा पक्राउ

तामसालिङ खबर
५ श्रावण २०७६, आईतवार ०९:४७

साउन ५, काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका व्यूरो इन्चार्ज माईला लामालाइ पक्राउ परेका छन् । लामालाई गएराति काठमाडौं भक्तपुरको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

काठमाडौंमा जेठ १२ गते भएको श्रंखलावद्ध बम विस्फोट लामाको योजनामा भएको प्रहरीको भनाई छ । उनी प्रहरीको व्यापक खोजीको सूचीमा थिए । उनी पक्राउपछि विप्लव नेतृत्वको नेकपालाई ठूलो क्षति भएको प्रहरीको बुझाइ छ ।

उनलाई अपराध महाशाखा टेकुमा राखिएको महाशाखा प्रमुख एसएसपी थापाले जानकारी दिए । लामा काठमाडौं सितापाइलाका बासिन्दा हुन । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उमेद्वार भएका थिए। तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् ।

माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए । फागुन २८ गते सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाए यता शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।

उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । केहि दिन यता विप्लव नेकपा र सरकार विच चलिरहेको वार्ताको प्रयास असफल भएको अनुमान माइला लामाको प्रक्राउ पछि गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*