डा. सन्दुक रुइत सम्मानित
साउन ५, काठमाडौं – डा. सन्दुक रुइत सम्मानित भएका छन् । आइतबार ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०७६’ रुइतलाई प्रदान गरिएको हो ।
उनीसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । डा. रुइतले तिलगङ्गा आँखा केन्द्रमार्फत् आँखाको ज्योति, नेत्रचिकित्सा क्षेत्रमा गरेको सेवाको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
रुइतले नवीन आविष्कार र सेवाबाट विश्वकै लागि उदाहरणीय काम गरेको भन्दै उनलाई सम्मान प्रदान गरेको एम्बिसन कलेजका प्राचार्य विष्णुकुमार घिमिरेले बताए ।
उपकुलपति डा. गुरुङले नेपाली संस्कृति, संस्कार, नेपालीपनको खोजी र नैतिक मूल्यको स्थापनाका लागि राष्ट्रलाई दिएको योगदानस्वरुप सम्मान प्रदान गरिएको हो ।






