दश दिनपछि हेटौँडा काठमाण्डौको छोटो मार्ग संचालनमा

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार ०६:३६

साउन ६, हेटौडा – अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो गएर अवरुद्ध बनेको काठमाडौँ सँग जोड्ने छोटो मार्ग हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ मार्ग आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवापनुर, स्थानीय गाउँपालिका लगायतकाको प्रयासमा दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो ।

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगता सहित बाटो सञ्चालनमा ल्याएको छ ।

पहिरोका कारण छोटो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*