अन्यायपूर्ण जिम्मेवारी स्वीकार्न सक्दिन – पूर्वमन्त्री रोक्का

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार ०८:०७

साउन ६, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वको ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी बाँडफाँट विधि र प्रक्रिया विपरित भएको भन्दै नेकपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कमला रोक्काले असहमति जनाएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको २७ बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाको ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी टुङग्याएको हो । बैठकले नेकपाका अधिकांश केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लगाएको हो । तर, रोकाले आफूलाई दिइएको जिम्मेवारी अन्यायपूर्ण भएको भन्दै आपत्ति जनाएकी हुन् ।

जनयुद्धको पहिलो महिला छापामारको रुपमा समेत चिनिएकी नेतृ रोका जिम्मेवारी बाँडफाँट असमावेशी, विधि र प्रक्रिया विपरीत भएको कार्यविभाजनले आफूमाथि अन्याय भएको भन्दै उचित कार्यकारी भूमिका सहितको जिम्मेवारी दिन पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको बताएकी छिन् ।

तत्कालीन १० वर्षे जनयुद्धको उद्गम भूमि तथा तत्कालिन माओवादी केन्द्रको लालकिल्लाको रुपमा परिचित रुकुम पूर्व नेकपाभित्र पनि तत्कालीन माओवादीको जनमत अत्यन्तै बलियो भए पनि कार्यविभाजनका क्रममा तत्कालीन एमालेको भागमा परेको छ ।

नेकपा सचिवालयको बैठकले टुङगाएको जिम्मेवारी अनुसार रुकुम पूर्वको इञ्चार्जमा खेममान खड्का र सह–इञ्चार्जमा कमला रोका र तेजबहादुर ओलीलाई तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*