मकवानपुर क्याम्पसको दुई विद्यार्थी निलम्बन

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार १२:३९

साउन ५, हेटौडा – प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका दुई जना विद्यार्थीलाइ लागि निलम्बनमा गरेको छ । आईतबार मकवानपुर बहुमुखी क्याम्पसमा पढाउने प्रध्यापकलाई अभद्र ब्यवहार गरेको पुष्टी गर्दै क्याम्पस प्रशासनले कक्षा १२ मा अध्ययन गर्ने सुजन चौलागाई तथा दिनेश हटुवाललाई निलम्बन गरेको हो ।

प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै हिजो नै पब्लिक क्याम्पस प्राध्यापक संघले हिजो विज्ञप्ती जारी गर्दै ति विद्यार्थीहरुलाई निस्काशन नगरेसम्म क्याम्पसमा अध्यापन नगर्ने चेतावनी दिएको थियो ।

विद्यार्थी निलम्बनपछि क्याम्पसमा आफुहरुले पठनपाठन सुरु गरेका पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष भोजराज ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*