नेकपा निकट अनेरास्ववियु मकवानपुरले आफु मातहतको कमिटीलाई कडा निर्देशन

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार १५:०४

साउन ६, हेटौडा – मकवानपुरमा पुर्व एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी युनियनले आफु मातहतका कमिटिहरुलाई अब संगठनको कुनै पनि ब्यानर लगायत छाप प्रयोग नगर्न निर्देशन दिएको छ ।

सोमबार अनेरास्ववियु मकवानपुरका संयोजक किसन घिसिङ र क्रान्तिकारी अध्यक्ष दिनेश सुवेदीले संयुक्त विज्ञप्ति निकाल्दै केन्द्रीय तहमा समेत एकिकरण प्रक्रिया भएर जिल्ला तहमा समेत प्रक्रियामा रहेकोले जिल्ला मातहतको तहहरुमा छुट्टा-छुटै छाप प्रयोग गर्दा एकताको भावनालाई ठेस पुग्ने भन्दै संयुक्त बिज्ञप्ती मार्फत त्यस्तो कार्य नगर्न निर्देशन दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*