४० के.जी गाँजा सहित राक्सिराङबाट एक व्यक्ति पक्राउ
साउन ६, हेटौडा (राक्सिराङ) – ४० के.जी लागूऔषध गाँजा सहित एक व्यक्ति राक्सिराङबाट पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ४३ को अन्जन शाहलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा अन्जन शाहको घरमा खानतलासी गरेको थियो । सोही क्रममा ४० के.जी गाँजा फेला परेपछि शाहलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।






