ओभरलोड ट्रक पल्टिएपछि ७ सवारी ठोक्‍किएर २ को मृत्यु, ८ घाइते

तामसालिङ खबर
७ श्रावण २०७६, मंगलवार ०२:५८

साउन ७, हेटौडा – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा भारतीय ट्रक पल्टिएर ७ सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् । ट्रकले किच्दा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी ३ घर भई हेटौंडा ९ बस्ने ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार अर्का मृतकको सनाखत हुन भने सकेको छैन।

गम्भिर घाइते १ जनालाई उपचारको लागि भरतपुर रिफर गरिएको छ भने अन्यको घाइतेको हेटौडा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । विरगंजबाट हेटौडा आउँदै गरेको एन एल ओ आइ डी ८०३१ नम्बरको मालवाहक भारतीय नम्बर प्लेटको १८ चक्के ट्रक अनियन्त्रित भई पल्टिएर किच्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति वीरगंजबाट हेटौंडातर्फ आउँदै एनएलओआइडी ८०३१ नम्बरको भारतीय मालबहाक ट्रक ओभरलोडका कारण उकालो चढ्न नसकेपछि बाटोमा बिग्रिएको थियो। ट्रक उचालेर किनारा लगाउने क्रममा ट्रक अनियन्त्रित भइ राजमार्गमा गुडिरहेको ना १ ह ८८२४ नम्बरको अटो, ना १ ज ७७८६ नम्बरको सुमो, ना ५ ख ५११३ र ना ५ ख ३१४० नम्बरको दुइ ओटा बस, बा ६६ प ६२१३ नम्बरको मोटरसाइकल, भे १ क ६३१ नम्बरको आइचर र को २ च २२६७ नम्बरको बोलेरोलाई ठककर दिएको प्रहरीले बताएको छ ।

सडकमा बिग्रिएर रोकिराखेको कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनर पल्टिएको हो । सडकमै विग्रिपछि सोमबार राती ११ बजेदेखि उक्त सडकखण्डमा सवारी संचालनमा समस्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*