हेटौडाको मत्स्य विकासको पोखरीमा गोही
साउन ७, हेटौँडा – हेटौँडा उपमहानगरपालिका – ५ पिप्लेको मत्स्य विकास केन्द्रको पोखरीमा मगर गोही फेला परेको छ । मंगलबार दिउँसो २ बजेतिर गोही देखिएको हो ।
गोही देखिएपछि जिल्ला वन कार्यालय मकवानपुरको टोलीले समातेर चितवन पठाउन खोज्दा फुत्किएर पुनः पोखरीमै पसेको सव-डिभिजन वन कार्यालय हेटौँडाका फरेष्टर यदुकुमार घिमिरेले बताए । मगर गोहीले आक्रमण गर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए ।






