बाढीले फेरि डुबायो शान्ति नगर

तामसालिङ खबर
८ श्रावण २०७६, बुधबार १०:०४

मकवानपुर, ८ साउन । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाको शान्ति नगर पूनः डुबानमा परेको छ । यसअघि पनि लगातार परेको वर्षाले डुबेको शान्तिनगरले राहत नपाउँदै पूनः डुबानको समस्या भोग्नु परेको हो । हेटौँडा ५ को शान्ति नगरसँगै बानियाँ टोल पनि डुबेको छ । यस क्षेत्रमा ९ वटा भन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

गरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौंडा ५ का उक्त स्थानका घरहरु डुवानमा परेको मकवानपुर प्रहरीले जनाएको छ । डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्वार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
राप्ती नदिमा भेल आएपछिको गर्जन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*