सर्लाहीको सुकुम्बासी बस्तीमा ‘गेट काठमाडौं’द्वारा बाढीपीडितलाई लत्ताकपडा वितरण
साउन ८ सर्लाही – सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १० स्थित नयाँ बस्ती सुकुम्बासी टोलको बाढीपीडितलाई राहत वितरण गरिएको छ । यात्रा महिला सशक्तीकरण संस्था GET काठमाडौंद्वारा ४० घरपरिवारलाई मंगलबार राहत स्वरुप लत्ताकपडा वितरण गरिएको हो ।
एक साता अघि परेको अविरल बर्षाका कारण सुकुम्बासी टोल डुबानमा परेका थिए र अधिकांश घरबार बिहिन भएका थिए । बर्षातका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न बागमतीबाट सन्तोष गदाल र पवित्रा माझीले संस्था संग समन्वय गरि राहत वितरण गरिएको समन्वयकर्ता गदालले भन्नु भयो ।
संस्थाको तर्फबाट सजना बडेल, मनिशा धिताल र उदय खड्काको टोली सर्लाहीमा पहिलो चरणको राहत वितरण गरिएको छ, अब छिट्टै नै अन्य ठाँउमा समेत राहत वितरण गर्ने बताएको छ । अहिले सर्लाहीको विभिन्न ठाउँका बाढीपीडित परिवारलाई विभिन्न संघसंस्थाहरुबाट राहत वितरण भैरहेको छ ।
जिल्ला विपत व्यवस्थापन समितिले भने अझै सबै ठाउँहरुबाट एकिन डाटा संकलन नआएको हुँदा एक दुई दिन भित्रमा मात्रै राहत वितरण गर्ने जनाएको छ ।






