माइला लामाको पत्नी मनुको दुनिया रुवाउने स्टाटस
साउन ८, काठमाण्डौ – लाेकप्रिय जनवादी कलाकार तथा जनयुद्धका जिउदाे सहिद मानिने विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युराे इन्चार्ज माइला लामा हिजाे पुर्पक्षका लागि जेल चलान गरिएपछि उनी नख्खु कारागार गए । जसको चौतर्फी बिरोध भैरहेको छ ।
नेता तामाङ्काे गिरफ्तारी प्रति सर्वत्र निन्दा भइरहदा उनलाई ललितपुर जिल्ला अदालतले जेल चलान गरेकाे हाे । जनयुद्धका कमान्डर गृहमन्त्री भइरहदा उनकै पुर्वसहकर्मि माथी व्यापक दमन ब्याक्ति हुदा हुदै झुट्टा मुद्दा लगायकाे भन्दै गृहमन्त्री राम बहादुर थापा बादलकाेे चर्काे आलोचना माओवादी पृष्ठभुमि भएकाहरु देखिन्छ । त्यती मात्र होइन उनी बिदेशिकाे इसरामा नाच्न थालेकाे भन्दै वामपन्थी बिश्लेषकहरुको तर्क रहेको छ ।
यसैबिच जनयुद्ध मा सुन्ने शक्ति देख्ने शक्ति र हातका औलोहरु गुमाएका नेता लामा जेल चलान भएपछि उनकी जिवनसाथी मनु तामाङले गृहमन्त्री थापालाई सम्बाेधन गर्दै भावउत्तेजक स्टाटस सामाजिक सन्जाल फेसबुकमा राखेकीछन् ।
कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा ज्यान मा…को अभियोगमा माइला लामा जेल चलान भएपछि उनकी पत्नी मनु लामाले मंगलबार राति भावुक स्टाटस लेखिन् ।
तर उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयुद्धको समयको सामिप्यतालाई झल्काएको छ । मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन् ।
बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आक्रोश मिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन् । ‘बादल दाइ ! यदि हजुरको भन्दा मेरो पछि ला… स परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, उनले लेखेकी थिइन्, ‘हजुरको कार्यकाल सफल होस् !







