मनहरी गाउँपालिकाको वडा नम्बर २ मा तरुण दलको भेला
साउन १९, हेटौंडा(मनहरी) – नेपाली कांग्रेस निकट नेपाल तरुण दल मनहरी गाउँपालिका वडा नम्बर २ को भेला आईतबार भएको छ । नेपाल तरुण दल मनहरी गाउँपालिका २ का अध्यक्ष सोवित वाईबाको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
प्रमूख अतिथि पराजुलीले अविरल वर्षापछि आएको बाढीबाट मकवानपुर लगायतका देशभरका जनताहरु आक्रान्त बनिरहेका बेला कांग्रेस मकवानपुर ग्रामीण क्षेत्रका पीडितको घरदैलोमा सहयोग बाढ्दै हिडेपनि सरकार र सत्तापक्षका बरिष्ठ नेताहरु विदेश भ्रमण र दिनमै लाखौं रकम पर्ने होटलमा मोज मस्तीमा देशको ढुकुटी रित्याई रहेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
तरुण भेलामा विशिष्ठ अतिथि कांग्रेस मनहरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार एवं तरुण दलका क्षेत्रीय सल्लाहकार शंकर न्यौपाने, कांग्रेस मनहरी २ सभापति प्रेम गोङवा, कांग्रेसका पुराना नेता कुलबहादुर स्याङतान, महिला नेतृ शान्ति लामा, सञ्जु स्याङतान, तरुण उपाध्यक्ष उमेश घलान, सचिव राजेन्द्र मुक्तान लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको छ ।






