मनहरीमा प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत

तामसालिङ खबर
२० श्रावण २०७६, सोमबार २०:१७

साउन २०, मनहरी – पश्चिम मकवानपुरको इलाका प्रहरी कार्यालय मनहरीमा नयाँ प्रहरी प्रमुख आएका छन् । प्रहरी निरीक्षक बिरेन्द्र पनेरुको सरुवा भएपछि उनको स्थानमा काठमाडौँका शंकर श्रेष्ठ आएका हुन्।

प्रहरी निरीक्षक श्रेष्ठको स्वागतमा इलाका प्रहरी कार्यालय मनहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक शंकर श्रेष्ठले जनसहभागिता मै अपराध न्यूनिकरणको अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उनले जनताको सहभागिता बिना अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्भव नरहेकाले सबैसँग हातेमालो गरी अघि बढ्ने बताए ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, वडा नं ८ का वडाध्यक्ष दिलबहादुर स्याङ्तान, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजाल लगायतले बिदाई हुनु भएका प्रहरी निरीक्षक पनेरुको योगदानको कदर गर्दै सरुवा भै आउनु भएका श्रेष्ठको कार्यकालको शुभकामना दिएका थिए । पनेरुले १३ महिना इलाका प्रहरी कार्यालयमा काम गरेपछि ललितपुर सरुवा भएका हुन् । मनहरी डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*