भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार ०९:००

साउन २२, भारत – भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार राति दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार सुष्मा स्वराजको हृदयघातका कारण निधन भएको जनाएको छ । हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन् ।

उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन् । मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन् ।

स्वराजको पार्थिव शरीर आज(बुधबार) दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि भारतीय जनता पार्टीको कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*