नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार १४:२२

साउन २२, एजेन्सी – नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको निधन भएको छ । अमेरिकामा अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् । उनको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सन् १९७० मा पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ प्रकाशन गरेकी थिइन् ।

उनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन् । उनका सुला, सङ अफ सोलोमन, टार बेबी, बिलोभेड, ज्याज, प्याराडाइज लभ, अ मर्सी, होम र गड हेल्प द चाइल्ड उपन्यास प्रकाशित छन् । सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभेड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो ।

उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई सन् २०१२ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*