सुविसु भवनमा आगलागी

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार १५:०८

साउन २२, काठमाडौं – बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे । जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो । अहिले पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको   छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*