दुइ नम्बर प्रदेशमा लोकसेवा विधेयक पारित
साउन २२, जनकपुरधाम – दुइ नम्बर प्रदेशको प्रदेश सभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । विधेयकमाथि नेपाली काँग्रेसका संसद शिवचन्द्र चौधरी र नेकपाका संसद गोविन्द न्यौपानेले राख्नु भएको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनु भएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न भन्नु हुँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफनै कर्मचारी भर्ना गरेर सरकार संचालन सहज बनाउने बताउनु भयो ।
लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।






