२५ मिटर सडक प्रकरण – मनहरीको नयाबस्तीमा घरटहरा भत्काइयो

जयराम मुक्तान
२० श्रावण २०७६, सोमबार १०:४८

साउन, मनहरी – मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउपलिका भित्र पर्ने पुर्बपश्चिम राजमार्गको सडक छेउ-छाउमा बनाएका घर टहरा हटाउने कार्यलाई तिब्रता पारिएको छ ।

डिभीजन सडक कार्यलय हेटौडाले सडक फराकिलो पार्नका लागि २५ मिटर क्षेत्रभित्र बनाएका घरटहराहरु हटाउन आग्रह गरे पछि स्थानियहरु आफैले धमाधम घरटहरा भत्काउने कार्यलाई तिब्रता पारिएको हो ।

हाल मनहरी क्षेत्र भित्र पर्ने मनहरी गाउपलिका वडा नम्बर ९ रजैया देखी मनहरी ६ लोथर अन्तर्गत सडक छेउछाउमा बनाएका बिभीन्न संरचनाहरुलाई हटाउने कार्य तिब्र रुपमा भइरहेको डिभीजन सडक कार्यलय हेटौडाका प्रबक्ता जयराम अधिकारीले जानकारी दिए ।

मनहरीको शिविर, डिपाट, भुलचोक, बिजौना, रमान्टार नयाँ बस्ती तथा र सुनाचुरिमा सडक छेउमा निर्माण भएको घर तथा टहराहरुलाई पनि भत्काइरहेको छ ।

वर्षातको समयमा घर भत्काए पछि स्थानियहरुलाई घर निर्माण तथा आफ्ना घरयासी सरसमान जोगाउन मुस्कील भएको छ । त्यसै गरि बालबच्चा तथा पशु चौपायको समेत जोगाउन समस्या भएके छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*