मनहरीको रुपाचुरिमा तरकरी संकलन केन्द्र निर्माण हुदै
साउन २६, मनहरी – मनहरी गाउपलिका वडा नम्बर ६ को विकट क्षेत्र रुपाचुरिमा फलफुल तथा तरकारी संकलन केन्द्र निर्माण भइरहेको छ । सिएमडिपि कार्यक्रम अन्तर्गत गाउँवेशी कृषि सहकारी सस्था मनहरी र जिल्ला सहकारी संघको साझेदारीमा संकलन केन्द्र निर्माण गरिहेको हो ।
करिब १७ लाखको लागतमा संकलन केन्द्र निर्मााण भइरहेको बताएको छ । रुपाचुरिमा उत्पादित तरकारी तथा फलफुलहरुलाई एक ठाउँमा संकलन गरि बजारीकरण गर्ने उद्धेश्यले संकलन केन्द्र निर्माण भइरहेको कृषि सहकारी सस्थाका अध्यक्ष नविन सुबेदीले जानकारी दिए । उक्त क्षेत्रलाई नमुना तरकारी पकेट क्षेत्र निर्मााण गरि उत्पादित तरकारी तथा फलफुलहरुलाई देशब्यापी गर्ने उद्धेश्य रहेको अध्यक्ष सुबेदीले जानकारी दिए ।
तरकारी पकेट क्षेत्र निर्माण गरि उक्त स्थानमा उत्पादित कृषि उपजहरुलाई बजारीकरण गर्ने उद्धेश्यले संकलन केन्द्र निर्माण कार्य भइरहेको छ । हाल उक्त स्थानमा उत्पादित तरकारी बजारीकरणमा समय भइरहेको छ । किसानले उचित मूल्य विनानै विचौलियालाई दिन बाध्य भइरहेको छ ।
सहकारीकै सक्रियतमा कृषि मोटरबाटो समेत निर्माण गरिसकेको छ । बाटो तथा संकलन केन्द्र निर्माण संगै गाउ्ँबेशी सहरकारीले कृषि उपजहरुलाई बजारीकरण गरि किसानहरुलाई उचित मुल्य उपलब्ध गराइने सहकारीका अध्यक्ष सुवेदिले जानकारी दिए ।






