करौडौको लगानीमा ब्यवसायिक पशुपालन
साउन २६, मनहरी – पश्चिम मकवानपुरको मनहरी गाउपलिका वडा नम्बर ४ मसिनेमा बैदेशिक रोजगारीबाट फर्केका तथा बैदेशिक रोजगारमा रहेको युवाहरुको संयुक्त लगानीमा पशुपालन सुरु गरेको छ । बिदेशमा पसिना बगाउनु भन्दा आफ्नै गाउँ ठाँउमा केहि गर्नु पर्छ भन्ने उद्धेश्यले पशुपालन गर्न थालेको रमेश क्षेत्रीले बताउनु भयो ।
विभिन्न देशबाट फर्केका र हालसम्म बिदेशमै रहेका १ सय ५५ जना युवाहरुको लगानीमा काम थालिएको हो । बिदेशबाट भित्रीएका पैसा सामान्यतय घर घडेरी खरिद तथा घरायसी खर्च चलाउने परिपाटी रही आएको समयमा उनीहरुले भने सामुहिक लगानीमा ब्यावसायिकरुपले पशुपालन थालेको हो । हाल ६३ कठ्ठा जग्गामा गाई, भैसि राँगा, खसी, बोका माछा तथा तरकारी उत्पादन गरिदै आइरहेका छन ।
पहिलो चरणको भौतिक संरचना निर्माण तथा त्यसमा पालिएको पशु, माछा तथा तरकारी खेती गर्नका लागि २ करोड ५० लाख लगानी भइसको छ । आवश्यक्ता भन्दा जग्गा कम भएकोले लक्ष्य अनुसारको थप काम गर्न कठिन भइरहेको बताए ।
करिब १० विगाह जग्गामा ब्यबसायिक रुपमा अगाडी बढ्ने उद्धेश्य सहित थालिएको उक्त कार्यमा संलग्न रमेश क्षेत्रीले बताए । अबको ३ महिना भित्रमा २ करोड लगानी थप गरि १५०० खसीे, ६० वटा गाई थप गरिने क्षेत्रीको भनाई छ । बिभीन्न समस्याको बाबजुत पनि धेरै लगाीन गरिएको हुनले युबा शक्तिहरुले थालनीको नमुना कार्यलाई तिनै तहको सरकारको ध्यान पुग्नु पर्ने बताए । करोडौको लागीनी गरेर ब्यवसायिक रुपमाले युवाहरुले सुरु गरिएको कार्यलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।
काम गर्दै जादा विभिन्न समस्या उत्पन्न हुन सक्छ केहि समस्य आइहाले भने हामीलाई सम्झनु गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीको भनाई छ । उक्त नमुना कार्यको शनिबार अफ एग्रिकल्चर प्रा.लि.का प्रतिनिधी र मनहरी गाउँपालिकाको अध्यक्ष सहितको टोलिले अबलोकन समेत गरेका थिए ।






