खाता सक्रिय गरी अनुदान रकम लिन अनुरोध

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार २०:२१

साउन २६, काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको तर बैंकमा आफ्नो खाता सुचारु नगरेको लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरे लगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे ।

समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*