बेलडाडा गुम्बामा विश्वशान्ति तथा फुर्वा पूजा हुने

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार ०९:१२

साउन ३१, हेटौडा – हेटौडा उपमहानगरपालिका ५ बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । गुम्बामा असोज १४ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको हो ।

बिहिबार गुम्बा व्यवस्थापन समिति अध्यक्ष डोल्मा स्याङ्बोको सभाध्यक्ष तथा गुम्बाको प्रमुख लामा लरिन दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको भेलाले गुम्बाको स्तरोन्नत्ती र दिगो संरक्षणका लागि बिश्वशान्त्ती र फुर्वा पूजा गरिने भएको पूजा मूल आयोजक समिति संयोजक डोल्मा स्याङ्बोले बताउनुभयो ।

धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा १२ जना लामाहरु सहितको टोली र सोहि गुम्बामा रहेको लामा आनिहरुले बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

पूजा सम्पन्न गर्न गुम्बा ब्यबस्थापन समितिको संयोजक डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भएको छ । त्यस्तै ६ वटा उपसमिति समेत गठन गरिएको तामाङ गुठीका निवर्तमान अध्यक्ष अक्कल सिंह लामाले बताए ।

लामा गुरु लारिन दोर्जे सिंतान लामाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिती, रमेश कुमार थिङको संयोजकत्वमा ४ सदस्यीय प्रचारप्रसार उपसमिति, सोमलाल गोले संयोजकत्वमा ३ सदस्यीय पाहुना व्यवस्थापन उपसमिति, जानकी जिम्बा संयोजकत्वमा ९ सदस्यीय भोजन व्यवस्थापन उपसमिति, बाबुलाल रुम्बा संयोजकत्वमा ३ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति र लरिन डोल्मो लामाको संयोजकत्वमा ४ सदस्यीय पूजा व्यवस्थापन उपसमिति गठन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*