नेकपा वडा कमिटिद्वारा किरिया खर्च सहयोग
साउन ३२, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को वडा कमिटीले तिलकबहादुर गोलेको परिवारलाई दिवगंत भएकी उनकी श्रीमती अनिता गोलेको किरिया खर्चका लागि आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका गोलेको किरिया खर्च बापत १२ हजार ६ सय रुपिया आर्थिक सहयोग गरिएको हो ।
पार्टीका लागि योगदान पुर्याएका गोलेका लागि किरिया गर्न थप राहत पुगोस् भन्ने उद्देश्यले आफूहरुले सहयोग गरेको नेकपाका नेता सुनिल मोक्तानले जानकारी दिए । अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने पार्टी नीति अनुसार सहयोग गरिएको बताएको छ ।
सहयोग हस्तान्तरणमा नेकपा मकवानपुरका जिल्ला सदस्य लिलाकुमार घलान, जनप्रतिनिधीहरु पातलीमाया गोङ्बा, कार्यपालिका सदस्य, पर्शबहादुर भुजेल, कुमारी श्रेष्ठ, मीनु विश्वकर्मा, दिपेश थिङ, युक्तलाल विश्वकर्मा लगायतको सहभागी रहेको थियो ।






