चेपाङ संघ मकवानपुरको अध्यक्षमा पूर्णबहादुर चेपाङ बिजयी
साउन, मनहरी – नेपाल चेपाङ संघ मकवानपुरको शुक्रबार साँझ भएको जिल्ला अधिबेशन मार्फत अध्यक्षमा पूर्णबहादुर प्रजा(चेपाङ) बिजयी भएका छन् । उनले ४१ मत प्राप्त गरी बिजय हासिल गरेका हुन् । अर्का प्रत्यासी दिनेश चेपाङले ३६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिवमा ४४ मत ल्याएर प्रताप चेपाङ निर्वाचित भए । सचिवका प्रत्यासी राजकुमार चेपाङले ३० मत ल्याएका थिए । सह-सचिवमा रामकृष्ण चेपाङ बिजयी भए ।
उपाध्यक्षमा सीता चेपाङ र कोषाध्यक्षमा अस्मिता चेपाङ निर्विरोध भइन् । अन्य सदस्यहरु पनि निर्विरोध भएका छन् ।






