भारतमा ट्यांकर पल्टिदाँ एकै परिवारको ९ मृत्यु

तामसालिङ खबर
७ भाद्र २०७६, शनिबार १६:२८

एजेन्सी – भारतको पूर्वी राज्य राजस्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । राजसमन्द जिल्लाको देसुरीमा भएको एक ट्यांकर अनियन्त्रित भएर कार माथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*