हेटौंडामा डाइग्नोष्टिक सेन्टर सन्चालन

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार १३:१४

भदौ ८, हेटौंडा – शनिबार देखि हेटौंडामा डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । हेटौडा उपमहानगरपालिकाको मेयर हरीबहादुर महतले शनिबार हेटौंडा १ स्वर्गद्वारीमा हेटौंडा डाइग्नोष्टिक सेन्टरको उदघाटन गर्नु हुदै मेयर महतले निजी क्षेत्रको लगानीमा हेटौंडामा यती ठुलो काम गरिएकोमा प्रसंसा व्यक्त गर्नुभयो ।

४ करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको डाइग्नोष्टिक सेन्टरमा अत्याधुनिक सिटीस्क्यान मेसिन र अल्ट्रा साउन्ड मेसिन राखेर काम सुरु गरिएको हो ।

निजी क्षेत्रबाट सञ्चालन भएका मेडिकल क्षेत्रमा धेरै खालका गुनासो रहेको बताउँदै मेयर महतले भन्नुभयो–‘ल्याव खोलेर एकै पटक धेरै पैसा कमाउनु भन्दा पनि सेवा प्रतिको भावना बडी हुन आवस्यक छ ।’ स्वास्थ्य क्षेत्रमा काम भनेको पहिलो सेवा रहेको र त्यसपछी मात्र नाफालाई हेर्न सुझाब    दिनुभयो ।

सिटी स्क्यान मेसिन ३ करोड र अल्ट्रा साउन्ड मेसिन १ करोडमा खरिद गरेर हेटौंडामा औपचारिक रुपमा सञ्चालनमा ल्याइएको डाइग्नोष्टिक सेन्टरका संञ्चालक डाक्टर अशोक तायलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरिक्षक शेरबहादुर वस्नेतले हेटौंडामा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*