नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष सचिवलाई सपथ खुवाइयो

स्थानीय तहमा एक महिना भित्र कमिटि गठन गर्न निर्देशन
तामसालिङ खबर
९ भाद्र २०७६, सोमबार ०७:४८

भदौ ९, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवहरुलाई सोमबार हेटौंडामा सपथ खुवाइएको छ । पार्टीको जिल्ला कार्यालय टिम सहितको दश वटा स्थानीय तहका २० जनालाई नेकपाको प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ खुवाउनुभएको हो ।

अब एक महिना भित्रमा स्थानीय तह कमिटी गठन गर्ने, वडा कमिटीहरु गठन गर्ने, पार्टी सदस्यता वितरण गर्ने लगायतका काम गर्ने गरी कार्यक्रमबाट निर्देशन दिइएको सचिवालय सदस्य बनस्तम थिङले बताउनुभयो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरको सह-इन्चार्ज कुमारी मोक्तान, रामेश्वर राना लगायतकाको सहभागिता रहेको थियो ।

पार्टी सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका कार्यालय टिमका सदस्यहरु, सचिवालय सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो । बिशेषगरी अहिले मकवानपुरमा नेकपामा गठन भएको हाइकमाण्ड समाल्ने काम कार्यालय टिमले गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*