क्षेत्रीय कारागारलाई लियो क्लव भुटनदेबीको भाडाँकुडाँ सहयोग
भदौ १०, हेटौडा – लियो क्लव अफ हेटौडा भुटनदेबीले क्षेत्रिय कारागार भीमफेदीलाई खाना पकाउने भाडाँकुडाँ सहयोग गरेको छ । सोमबार कारागारमा एक कार्यक्रमको आयोजना गरि बिस हजार बराबरको ६ थान प्रेसर कुकर सहयोग गरेको छ ।
लियो क्लव अफ हेटौडा भुटनदेबीको अध्यक्ष रुपक कालिराजको सभाध्यक्ष तथा क्षेत्रिय कारागार भीमफेदीका प्रशासन प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख खनालले कारागारमा सहयोग गरेकोमा लियो क्लवप्रति आभार व्यक्त गर्दै युवाहरुको जोसजाँगर देखेर खुशी भएको बताउनुभयो ।
दिन दुखीहरुलाई सबैले सहयोग गर्नु पर्ने भन्दै सामाजिक कार्यमा छुट्टै आनन्द मिल्ने बताउनु भयो । आगामी दिनमा समेत सहयोग गर्नको लागि आग्रह गर्दै लियोको कार्य साह्रानिय भएको बताए ।
त्यस्तै आर्थिक सहयोग समेत गरेका बारा निवासी समाजसेवि भिम श्रेष्ठले सामाजिक क्षेत्रमा सहयोग गर्नुसबैको दाहित्व भएको भन्दै सोहि दाहित्व पुरा गरेको बताए । कारागारको प्रहरी निरिक्षक राम प्रवेशले युवाहरुले समाजप्रति देखाएको चासो सम्मान जनक भएको बताउनुभयो ।






