मृगौला पिडित उर्मिलाले पाउने भईन, नया जीवन

तामसालिङ खबर
११ भाद्र २०७६, बुधबार १२:०२

भदौ ११, काठमाण्डौ – मृगौला पिडित उर्मिला तामाङले अब नयाँ जीवन पाउने भएकी छिन् । ‘छोर्वाला काई’ रेडियो कार्यक्रमको ११ औं प्रयासमा भएको ‘उर्मिला तामाङ बचाउ अभियान’बाट तामाङको सहयोगार्थ विभिन्न कार्यक्रम आयोजना गरी संकलित रकम मंगलबार हस्तान्तरण गरिएको हो ।

उनको उपचारको लागि २१ लाख ८२ हजार ७८८ रुपैयाँ जम्मा गरि सहयोग रकम हस्तान्तरण गरेपछि उनीले नयाँ जीवन पाउने भएकी हुन् । आर्थिक रुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका – ७ निवासी ३५ वर्षीया तामाङलाई हस्तान्तरण कार्यक्रमका प्रमुख आतिथि समेत रहेका दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिं लामाको उपस्थितिमा बिरामीलाई रकम हस्तान्तरण गरेको हो ।

तामाङको सहयोगार्थ ‘छार्वाला काई’ले बृहत सांस्कृतिक कार्यक्रम, घुम्ति कविता वाचन र देश विदेशमा रहेका विभिन्न सहयोगीहरुबाट रमक संकलन गरिएको अभियानका संयोजक सुदिन दोङले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरण गर्दै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले उपचारमा थप रकम लाग्ने भएमा आफू सहयोग गर्न तयार रहेको बताएका थिए । तामाङलाई आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियन्ता दोङले मानवीय सहयोगका अभियानहरु आगामी दिनमा पनि निरन्तर रहने जानकारी दिए ।

मृगौला पीडित तामाङको भक्तपुर दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको र सोही अस्पतालमा प्रत्यारोपणको प्रक्रिया पनि अघि बढाइएको अभियन्ता दोङले जानकारी दिए । तीन महिनाभित्र तामाङको मृगौला प्रत्योरोपन हुने भएको छ । तामाङलाई उनकै श्रीमानले मृगौला दिइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*