‘संविधान दिवसका दिन तास खेल्न बिदा दिइएको होइन’ – सञ्चारमन्त्री बास्कोटा

तामसालिङ खबर
११ भाद्र २०७६, बुधबार १६:५०

भदौ ११, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ-आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफुले गरेको बताए ।

उनले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।

दिवसका दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खान, गलफ्रेण्ड लिएर हिँड्न, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा-सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’ उनले भने ।

मन्त्री बास्कोटाले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*