पाल्पामा जीप दुर्घटना एकको मृत्यु, २१ घाइते
भदौ १७, पाल्पा – स्याङ्जाको गल्याङ बजार जाने बाटोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक बालकको मृत्यु भएकाे छ भने अन्य २१ जना घाइते भएका छन् ।
पाल्पाको रम्भागाउँपालिकाको अर्सेर्दीबाट गल्याङतर्फ जादै गरेको लु १ ज ३८४१ नम्बरको जीप विपरित दिसाबाट आउँदै गरेको गाडिलाई साइड दिने क्रममा दुर्घटना भएको हो ।
जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । सडकबाट खसेकाे जीप पुर्णरूपले क्षतिग्रस्त भएकाे छ । गल्याङ प्रहरीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई गल्याङ अस्पतालमा प्राथामिक उपचारपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ ।
घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






