कांग्रेस मकवानपुरले बृहत राजनीतिक दर्पण प्रकाशन गर्ने

तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार १७:४६

भदौ १८, हेटौडा – नेपाली कांग्रेस मकवानपुरले ‘बृहत राजनीतिक दर्पण’ प्रकाशन गर्ने भएको छ । पार्टीको कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा प्रकाशन समिति समेत बनाएको छ ।

मकवानपुर जिल्लामा रही नेपालको लोकतान्त्रिक आन्दोलनमा अहँम भूमिका निर्वाह गर्नुहुने लोकतान्त्रिक योद्धाहरु, नेपाली कांग्रेस मकवानपुर एवंम भातृ/शुभेच्छुक संघसंगठनमार्फत ईतिहासदेखि अहिलेसम्म भए गरेका राजनीतिक एवं सामाजिक गतिविधिलाई समेटेर बृहत राजनीतिक दर्पण प्रकाशन गर्न लागेको संयोजक लामिछानेले बताउनुभयो ।

‘बृहत राजनीतिक दर्पण’ प्रकाशन समितिमा बुधबार मात्र अन्य ५ जना सदस्य समेत मनोनित गर्नुभएको छ । सदस्यहरुमा पार्टीका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक एवं बुद्धिजिवी कृष्णप्रसाद दाहाल, राजबाबु पहाडी, रुपेश दुलाल र सूचना प्रविधि संयोजनमा सुजन विडारीलाई मनोनित गरिएको   छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*