कृषि मन्त्री खनाललाई डेंगुको संक्रमण
भदौ १९, काठमाण्डौ – कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।
मंगलबार साँझबाट ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो । परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उहाँलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।






